site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी आन्दोलनमा जातीय वा धार्मिक द्वन्द्व भएको उदाहरण देखाउन प्रचण्डको चुनौती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धार्मिक द्वन्द्वबाट देशलाई क्षतविक्षत गराउने प्रवृत्तिले टाउको उठाउन खोजेको आरोप लगाएका छन् ।

समाजवादी मोर्चाले हेटौँडामा आयोजना गरेको सन्देश सभामा उनले जातीय दंगा चर्काउन खोजिएको समेत बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिले एकथरि तत्वहरु धार्मिक द्वन्द्वबाट देशलाई क्षतविक्षत गर्न खोजेको प्रवृत्तिले टाउको उठाउन खोजेको देखिन्छ,” उनले भने,  “अर्कोतिर जातीय दंगा चर्काएर यो परिवर्तन उल्ट्याउन चाहने अतिवाद हामीले देखेका छौँ ।”

उनले माओवादीले नै एकता भड्काएको आरोप लगाउने गरेको सुनाए । माओवादी आन्दोलनका क्रममा कहिले जातीय द्वन्द्व कहीँ पनि भएको भए त्यसको उदाहरण देखाउन समेत उनले चुनौती दिए ।

“मानिसहरु भन्छन्– हामीले पहिचान, संघीयता, समावेशिता, समानुपातिकताका कुरा गर्ने यो माओवादीले नै एकता भड्कायो भन्छन् ,” उनले भने, “माओवादी आन्दोलनको पूरै अवधिभरि शान्तिसम्झौता र लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा माओवादी आन्दोलनका कारणले कहीँ पनि जातीय द्वन्द्व वा धार्मिक द्वन्द्व भएको एउटा पनि उदाहरण प्रस्तुत गर्न म सबैलाई चुनौती दिन चाहन्छु ।”

उनले त्यतिबेला भावनात्मक एकता, राष्ट्रिय एकताको पक्षपोषण गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्