site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति : परराष्ट्रमन्त्री
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति भएको बताएका छन् । आफ्नो विदेश भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री प्रचण्डले आइतबार आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका बारेमा गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानीलगायत विषयमा प्रधानमन्त्रीले सल्लाह र सुझाव लिएको उनले जानकारी दिए ।

“आज सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, पूर्वपरराष्ट्रमन्त्रीज्यूहरूलाई बेलाएर आसन्न चीन भ्रमणको बारेमा छलफल भएको छ । युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह दिनुभएको छ,” मन्त्री साउदले भने, “सम्बोधनमा प्रधानमन्त्रीज्यूले आमन्त्रित सबैलाई धन्यवाद दिँदै उहाँहरूले दिनुभएको सल्लाह र सुझावलाई महत्त्वपूर्ण रूपमा लिएको र आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह–तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu