site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्री स्वदेश फिर्ता, राजनीतिक नेतृत्व र दातृ निकायका प्रतिनिधिसँग रणनीतिक छलफल  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जनसंख्या तथा  विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् । 

इजिप्टको राजधानी कायरोमा सम्पन्न तीनदिने सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री बस्नेत आइतबार फर्किएका हुन् । 

सम्मेलनमा जनसंख्या बसाइँसराइ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्यमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरूका विषयमा वृहत छलफल भएको मन्त्री बस्नेतले बताए । 

सो क्रममा विभिन्न देशका स्वास्थ्य मन्त्री, दातृ निकायका प्रतिनिधिहरू र राजनीतिक नेतृत्वहरूसँग आफूले भेटघाट तथा रणनीतिक विषयमा छलफल भएको पनि उनले जानकारी दिए । 

आगामी महिना हुने विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशकको उम्मेदवार डा. शम्भु आचार्यका पक्षमा नेपालका तर्फबाट सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरूसँग लबिङ गरेको पनि मन्त्री बस्नेतले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro