site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु
सर्वदलीय/सर्वपक्षीय समन्वय बैठकको दृश्य । तस्बिर : जिल्ला प्रशासन कार्यालय ।

काठमाडौं । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

आज बेलुका ५ देखि भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दुई पक्षबीच सम्भावित झपडपलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । अहिले अवस्था सामान्य रहेको उनको भनाइ छ ।

“आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको छ । अवस्था सामान्य छ,” उनले बाह्रखरीसित भने ।

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाईफायर गरेको थियो ।

सोही विषयमा शनिबारै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय/सर्वपक्षीय समन्वय बैठक बसेको थियो । बैठकबाट धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरिएको थियो ।

यस्तै, सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने बैठकबाट निर्णय गरिएको प्रजिअ यादवले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro