site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्रीको प्रस्ताव : कोसीबाट बाटो खुल्यो, राष्ट्रिय सहमतिको सरकार बनाऔँ
फाइल तस्बिर।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन् ।

पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए ।

मन्त्री किरातीले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गरे ।

पर्यटनमन्त्री किरातीले कोसी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी ६ प्रदेशसँगै केन्द्रमा पनि सर्वदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro