site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा स्रोत नखुलेको ९ लाख नगदसहित चौधरी पक्राउ 

विराटनगर । मोरङको विराटनगरमा स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी बल मोरङले दिएको जानकारीअनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रूपैयाँ नगदसहित विराटनगर महानगरपालिका- १४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन् । 

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो । यो क्षेत्र नेपाल–भारत सिमानामा पर्छ । 

प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरी पक्राउ परेका थिए । 

खानतलासी गर्दा सिटमुनि नगद फेला परेको थियो । थप अनुसन्धानको लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro