site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दाइ’ले टिकट दिने परिपाटी १५औँ महाधिवेशनबाट बदलौं : गगन थापा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा टिकट दिने परिपाटी बदल्नुपर्ने बताएका छन् । 

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रममा उनले वडा, क्षेत्र, नगरको सभापति छान्ने अधिकार विधानले दिए पनि वडा अध्यक्षको उमेदवार खोसिएर माथि जाने अवस्था रहेको बताए ।  

उनले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५औँ महाधिवेशनबाट बदलिने बताए ।

“टिकट बाढ्ने अधिकार दाइलाई दिनुभयो भने भाउजूलाई टिकट दिन्छ । दाइले भाउजूलाई दियो भन्ने सन्दर्भमा नदिने अवस्था कसरी बनाउने ?,” उनले भने, “यो परिपाटी बदल्ने तरिका छ । १५औँ महाधिवेशनबाट बदलौं न त ।”

उनले पार्टी सदस्यहरूको मतदानबाट नै सांसद, गाउँपालिका अध्यक्ष, मेयरको उमेदवार चयन हुने बताए । 

“सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट जसले सबैभन्दा बढी मत पाउने व्यक्ति सांसदको उमेदवार हुन्छ,” थापाले भने ।  

समानुपातिक उमेदवार पनि त्यहीबाट छानिए नेताले दादागिरी देखाउने परिस्थिति बन्द हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro