site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनले प्रतिबन्ध लगाएपछि एप्पलले दुई दिनमा गुमायो २०० अर्ब
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी टेक्नोलोजी जायन्ट एप्पलले लगातार दुई दिनमा ठूलो गिरावट व्यहोर्दै २०० अर्ब अमेरिकी डलर गुमाएको छ । 

बिहीबारमात्रै चीनले सरकारी संस्था र कर्मचारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार बाहिरिएको थियो ।

Agni Group

एप्पलमा दुई दिनमा करिब सात प्रतिशतको गिरावट आएको छ भने, क्वालकम, माइक्रोन टेक्नोलोजी, माइक्रोसफ्ट र एनभिडिया जस्ता अन्य कम्पनीहरूको सेयरमा पनि गिरावट आएको छ ।

चीनले आइफोनमाथि प्रतिबन्ध लगाएसँगै यससँग सम्बन्ध व्यापार गरिरहेकाहरूले आफ्नो सम्पत्ति बिक्री गर्न थालेका छन् । एप्पलबाहेक चीनमा निर्माण र बिक्रीका लागि निर्भर रहेका अमेरिकी कम्पनीहररूमा चिन्ता बढेको छ ।

Global Ime bank

एप्पलको चिनियाँ बजार ठूलो करिब १९ प्रतिशत रहेको छ भने, उत्पादन पूर्वाधारका लागि पनि यो बेइजिङमा निर्भर छ । चीनमा घरजग्गा क्षेत्रको संकटले व्यापार खस्किँदा उसै पनि एप्पलको आम्दानी घट्दै गएको थियो ।

अमेरिकाले सन् २०१९ मा नै चिनियाँ प्रविधि जायन्ट हुवावे र अन्य दर्जनौँ कम्पनीमाथि व्यापारसहितको पूर्ण प्रतिबन्ध लगाएको थियो । चीनले भने, अहिले आएर सरकारी अधिकारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu