site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजामती कर्मचारीले सोच, शैलीमा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल
तस्बिर : रासस ।

काठमाडौं । सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

२०औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले एकात्मक ढाँचाको प्रशासनयन्त्रलाई संघीय शासन व्यवस्थाअनुकूल हुने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने उनले औँल्याए ।

मुलुकले अंगीकार गरेको विकास, समृद्धि, सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सिर्जनशील र व्यावसायिक हुनुपर्ने खाँचो रहेको उनले बताए । सुशासनको प्रत्याभूति दिलाउनु निजामतीको प्रारम्भिक अभिभारा भएको उनले उल्लेख गरे ।

मुख्यसचिव अर्यालले संघीय निजामती सेवा ऐन जारी नहुँदा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro