site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने कृषक ४५ प्रतिशत मात्रै
SkywellSkywell

काठमाडौं । कृषिप्रधान देश नेपालका ४५ प्रतिशत कृषक परिवारलाई मात्र आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार ‘कृषिगणना २०७८’ को नतिजा सार्वजनिक गर्दै उक्त तथ्य बाहिर ल्याएको हो ।

“गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए,” कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

KFC Island Ad
NIC Asia

कृषिगणना २०७८ अनुसार ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन÷क्रियाकलाप खाद्यान्न बाली रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली (६ प्रतिशत) र पशुपालन (तीन प्रतिशत) रहेको देखिन्छ ।

यस गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत छ ।

Royal Enfield Island Ad

आफ्नो कृषिकार्यबाट भएको उत्पादन सबै बिक्रीको लागि हो भनी बताउने १.१ प्रतिशत, घरायसी उपभोग र केही बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यतः बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको कृषिगणना २०७८ मा देखाइएको छ ।

“जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन् । अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro