site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापालक कृषकको संख्या दोब्बरले वृद्धि
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो दशकमा नेपालमा माछा पाल्ने कृषकको संख्या दोब्बरभन्दा बढीले वृद्धिको भएको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को तथ्यांकानुसार माछापालन गर्ने कृषकको संख्यामा दोब्बरले वृद्धि भएको हो ।

कार्यालयको तथ्यांकानुसार पछिल्लो दशकमा ४२ हजार कृषक परिवारले माछापालन गरिरहेका छन् । २०६८ मा माछापालन गर्ने कृषकको संख्या १७ हजार मात्र थियो ।

माछापालन गर्ने पोखरीको संख्या पनि वृद्धि भएको छ । पछिल्लो दशकमा पोखरीको संख्या ४९ हजार रहेको कार्यालयले जनाएको छ । ०६८ मा यस्तो पोखरीको संख्या २१ हजार थियो ।

अहिले माछापालन गरिएका पोखरीहरूको क्षेत्रफल १० हजार हेक्टर छ । ०६८ मा यस्तो क्षेत्रफल दुई हजार ५०० हेक्टर थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro