site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूको प्रश्न : कान्ति बाल अस्पतालमा बालिका मृत्युको जिम्मा सरकारले लिने कि नलिने ?
फाइल तस्बिर।

काठमाडौं । कान्ति बाल अस्पतालमा सोमबार भएको बालिका मृत्यु घटनाबारे सांसदहरुले संसद्मा प्रश्न उठाएका छन् । मुलुककै केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने सांसदहरुको माग छ ।

रास्वपा सांसद डा. चन्दा कार्कीले अस्पतालमा जनशक्तिको अभावले बालिकाको मृत्यु हुनु सरकारको निर्लज्जपन भएको बताएकी छन् । अस्पतालमा बिरामीको चापअनुसार मानव संशाधनको हिसाब गरी सोहीअनुसार सञ्चालन नगर्दा यस्तो घटना भएको उनको आरोप छ ।

Dabur Nepal
NIC Asia

“सरकारलाई लाज, सरम, डर चिन्ता छ कि छैन ? हाम्रो निर्लज्ज्ता कहिलेसम्म ? कहिलेदेखि स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा पाउने ? र, सरकारको निकम्मापनको दोष कहिलेसम्म स्वास्थ्यकर्मीहरुले मात्रै आफ्नो टाउकोमा बोक्नुपर्ने हो ?,” सांसद कार्कीले प्रश्न गरिन् ।

त्यस्तै, नेकपा (एमाले)का सचेतक सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको चरम लापरबाही  र गैरजिम्मेवारीपनका कारण घटना भएको बताए । “यो घटनासँगै अस्पतालभित्रको बेथितिको  अस्पतालको निर्देशक र विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन ?,” उनले प्रश्न गरे ।

“स्वास्थ्यमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपथ्र्यो । दोषीउपर कारबाही गरियोस्, राज्यको तर्फबाट पीडितले न्याय पाउनुपर्छ, क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्छ । र, आगामी दिनमा यस्ता घटना हुन नदिने सुनिश्चितता हुनपर्छ,” उनले भने ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद गगन थापाले उपचार सुविधा हुँदाहुँदै पनि बालिकाले अकालमा ज्यान गुमाउनु अत्यन्तै दुःखद् भएको बताए । “घटनालाई सामसुम नपारियोस् । यसका बारेमा सत्यतथ्य के भएको हो, छानबिन भएर सदनलाई जानकारी गराइयोस्,” उनले भने ।

उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पु¥याइएकी मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ उपचारको पालो कुर्दा कुर्दै मृत्यु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro