site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारतपछि चन्द्रमामा यान अवतरण गराउने दौडमा जापान, गर्‍यो सफल प्रक्षेपण
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । जापानले चन्द्र धरातलमा अवतरण गराउने उद्देश्यले यस वर्षको चौथो प्रयासका रुपमा अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ ।

सबै कुरा योजनाअनुरूप अघि बढेमा अन्तरिक्षयानमा रहेको ‘मुन स्नाइपर’ नामक ल्यान्डर आउँदो फेब्रुअरीमा चन्द्रमा अवतरण गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ ।

Agni Group

गएको वर्ष जापान दुईपटक चन्द्रमाको सतहमा यान अवतरण गराउने प्रयासमा असफल भएको छ । रूस, अमेरिका, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बन्ने दौडमा जापान रहेको छ ।

दुई साताअघि मात्रै भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेर इतिहास रचेको छ ।

Global Ime bank

जापानको अन्तरिक्ष यानले चन्द्रमामा रहेको शिओली क्रेटरको १०० मिटर आसपासमा अवतरण गर्नेछ । चार महिनामा चन्द्रमाको कक्षमा प्रवेश गर्ने यानले फेब्रुअरीमा अवतरणको प्रयास गर्नु अघि एक महिना चन्द्रमाको परिक्रमा गर्नेछ ।

यो १० करोड अमेरिकी डलरको मिसन हो । चन्द्रयान–३ सात करोड ५० लाख अमेरिकी डलरको योजना थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu