site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदीय समितिमा छलफल गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका तीन संसदीय समितिका बैठक आज बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्ने तय छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निकट भविष्यमा हुने विदेश भ्रमणलगायत विषयमा छलफल गरिनेछ ।

आजै बिहान साढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा समितिमा परेका शिक्षासम्बन्धी उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र सरोकारवालासँग छलफल गरिनेछ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का विषयमा छलफल गरिने कार्यसूची छ ।

यी सबै बैठक सिंहदरबारस्थित समितिका सभाकक्षमा बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro