काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् ।
चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार तथा मुलुकमा व्याप्त दण्डहीनताको अन्त्यका लागि सरकारले चालेको कदम कुनै हालतमा नरोकिने बताए । देशमा व्याप्त भ्रष्टाचार अन्त्यको लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
उनले देशमा भएको राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए ।