site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युतीय चार्जिङ स्टेसन बनाउन निजी क्षेत्र आउनुपर्छ : कुलमान घिसिङ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन् । 

बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी साधनको विस्तार र चार्जिङ स्टेसन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे ।

निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेसन विस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए ।  उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सर्फमरदेखि विद्युत् सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेसन लगानी गरे अरु सुविधाहरूमा प्राधिकरणले लगानी गर्ने प्रतिबद्धता जनाए । 

निर्देशक घिसिङले विद्युत् प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेसनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । पछिल्लो समय माईक्रोबस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरू गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ । 

घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए । चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजार लाग्ने ठाउँमा ४०० रुपैयाँले पुग्ने अवस्था रहेको बताए । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro