site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोडसेडिङले समस्यामा क्याम्पस, मोबाइलको बत्ती बालेर पढ्छन् विद्यार्थी
SkywellSkywell

सिमकोट, (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।

विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाइ सञ्चालन गर्न मोबाइलको टर्च बाल्नुपर्ने अवस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए ।

KFC Island Ad
NIC Asia

हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ । बिहान ६ बजेदेखि  पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको उनले बताए ।

“यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ,” प्राध्यापक शर्माले भने, “आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र  विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चारवटा कक्षा यसरी नै चल्दै आएका छन् ।”

Royal Enfield Island Ad

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न नसकिएको क्याम्पस प्रमुख दीपक भण्डारीको भनाइ छ । वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताए । क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।

स्ववियुको निर्वाचनपछि क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे । शिक्षकलाई पनि पढाउन समस्या र आफूहरुलाई पढ्न समस्या भएको उनको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro