site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलिउड अभिनेता आयुष्मान खुराना बने ‘वाइवाइ इन्डिया’को ब्रान्ड एम्बेस्डर

काठमाडौं । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी फुड्सले आफ्नो ख्यातिप्राप्त चाउचाउ वाइवाइ इन्डियाको ब्रान्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुरानालाई नियुक्त गरेको छ ।

विगत २५ वर्षदेखि युवामाझ विशेष स्थान बनाउन सफल वाइवाइले आयुष्मान खुरानासँगको सहकार्यले युवाहरुमाझ थप उत्साह जगाउने र आफ्नो स्थिति पनि बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

‘वाइवाइ वाला टेस्ट’ थिम एवं ट्यागलाइनको यो सहकार्यले किशोरकिशोरी, युवा र ‘वर्किङ प्रोफेसनल’सँगको सम्बन्ध अझै प्रगाढ बन्ने कम्पनीले जनाएको छ ।

‘ब्राउन नुडल्स’ भनेर समेत चिनिने ‘प्रि–सिजन्ड’ चाउचाउ उत्पादन गर्ने एक्लो ब्रान्डका रुपमा स्थापित वाइवाइले खुरानासँगको सहकार्यमा बजामा थप रोमाञ्चक रुपान्तरण ल्याउने बताएको छ ।

सीजी फुड्स एन्ड सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले आयुष्मान खुरानासँग सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताएका छन् । उनले खुरानासँग छोटो समयमै सहकार्य गर्न पाएको खुसी व्यक्त गर्दै भारतीय बजारमा वाइवाइको नेतृत्वदायी स्थिति सुनिश्चित राख्ने बताएका छन् ।

यस्तै, बलिउड सुपरस्टार खुरानाले युवाहरुको अत्यधिक रुचाइएको वाइवाइ जस्तो ब्रान्डसँग आबद्ध हुन पाउनु खुसीको विषय भएको बताएका छन् । उनले भनेका छन्, “वाइवाइले प्रदान गर्ने जीवन्त र फरक किसिमका उत्पादनले यसलाई अरुभन्दा फरक बनाउँछ ।”

सीजी फुड, सीजी कर्प ग्लोबलको एफएमसीजी कम्पनी हो । नेपालमा आधारित बहुराष्ट्रिय कंग्लोमेट सीजी कर्प ग्लोबलको २७ भन्दा बढी देशमा १६० भन्दा बढी कम्पनी र १२३ भन्दा बढी ब्रान्ड रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro