site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली टोलीलाई रविन्द्र जडेजाको प्रशंसा– नेपालको बलियो पक्षबारे थाहा थिएन 

काठमाडौं । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले एसिया कप–२०२३ मा नेपालले भारतविरुद्ध ब्याटिङमा निकै राम्रो सुरुआत गरेको बताएका छन् ।

सोमबार श्रीलंकाको क्यान्डीमा सम्पन्न खेलमा भारतले नेपालविरुद्ध १० विकेटको जित निकाल्दै सुपर फोरको यात्रा तय गरेको थियो ।  खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ९.४ ओभरमा विकेट नगुमाई ६५ रन बनाउँदै उत्कृष्ट सुरुआत गरेको थियो । 

नेपालले भारतविरुद्ध ४८.२ सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो ।  तर, दोस्रो इनिङ्सको सुरुआतमै वर्षा भएपछि भारतले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो । 

जसलाई भारतलाई २०.१ ओभरमा विकेट नगुमाई भेट्टायो ।  नेपालको सुरुवाती ब्याटिङमा प्रभावित बनेका जडेजाले पहिलोपटक खेलिरहेकाले नेपाली टिमको बलियो पक्षबारे जानकारी नभएको बताए । 

“नेपालसँग पहिलो पटक खेल्दै थियो । उनीहरुका ब्याटरले कहाँ कुन सट खेल्छन्, उनीहरुको बलियो पक्ष के हो भन्ने थाहा थिएन । पहिलो १० ओभरमा उनीहरुले निकै राम्रो सुरुवात गरे । पहिलो पटक खेलिरहेकाले उनीहरुबारे केही थाहा थिएन । यही भयो, उनीहरुले पहिलो १० ओभरमा राम्रो सुरुआत पाए । तर, स्पिनरमा म र कुलदीप आएपछि हामीले थोरै खेललाई नियन्त्रणमा ल्यायौं,” जडेजाले भने ।

नेपालविरुद्ध तीन विकेट लिएका जडेजाले खेलपछि नेपाली खेलाडीहरुलाई ठूलो खेल भनेर अनावश्यक दबाब नलिन पनि सुझाए ।

“उनीहरुले कुनै ठूलो खेलअघि तपाईंको रुटिन के हुन्छ भनेर सोधिरहेका थिए । मैले उनीहरुलाई म साधारण रुटिन नै राख्छु, गीत सुन्छु, ठूलो टिमसँग खेल्दै छु भनेर अनावश्यक दबाब आफूमा नराख्न भनेँ । आफ्नो सामान्य रुटिनलाई नै फलो गर्न भनेँ,” जडेजाले थपे ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro