site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरण : सरकारी वकिलसँगै तीन प्रतिवादीको थुनछेक बहस सकियो

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलका तर्फबाट थुनछेक बहस सकिएको छ । आइतबार र सोमबार गरी आठ जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताले बहस गरेपछि प्रतिवादीको बहस सुरु भएको हो ।

सोमबार प्रतिवादीहरु शिवजी भट्टराई, रुद्रकु्मार श्रेष्ठ र बालकृष्ण श्रेष्ठका तर्फका वकिलको बहस पनि सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

सरकारी वकिलका तर्फबाट आइतबार जिल्ला न्यायाधिवक्ता महेश खत्री र रमेश भट्टराई तथा सहायक जिल्लान्यायाधिवक्ताहरु चन्द्र संजेल र दिनेश भट्टराईले थुनछेक बहस गरेका थिए । सोमबार जिल्ला न्यायाधिवक्ताहरु बाशुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरु प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेपछि सरकारी वकिलको बहस सकिएको हो ।

आज चियाब्रेकपछि प्रतिवादी शिवजी भट्टराईका वकिलहरुले बहस गरे । भट्टराईका तर्फबाट अधिवक्ताहरु प्रकाश आचार्य, भीमबहादुर गुरुङले बहस गरे । यस्तै, प्रतिवादी रुद्रकुमार श्रेष्ठका तर्फबाट पनि बहस सकिएको छ । श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरु जगन्नाथ श्रेष्ठ र रुपबहादुर बोगटीले बहस गरे ।

अर्का प्रतिवादी बालकृष्ण श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले बहस गरे ।

मंगलबारको पहिलो बहस भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका प्रतिवादी मीनबहादुर गुरुङको हुने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro