काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरिप्रसाद रिजालविरुद्धको उजुरी खारेज भएको छ ।
एमाले निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले रिजालको उमेदवारी वैध ठहर भएको जानकारी दिए ।
महाधिवेशन प्रतिनिधि राजु श्रेष्ठले उनको उमेदवारी अवैध भन्दै खारेजीको माग गरेर निर्वाचन समितिमा उजुरी दिएका थिए । एमाले प्युठान कमिटीले रिजाल सोही प्रदेशको भएको पत्र पठाएपछि निर्वाचन समितिले रिजालको उमेदवारी सदर गरेको हो ।
“उहाँविरुद्धको उजुरी खारेज भएको छ । उमेदवारी सदर भएको छ,” उनले भने, “अब ८ बजेदेखि मतदान हुने छ ।”
लुम्बिनीमा एमालेको १०औँ महाधिवेशनपछि अध्यक्ष तोकिएका राधकृष्ण कँडेल र रिजालबीच प्रतिष्पर्धा हुँदै छ ।
एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।