खेल

काठमाडौं । नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
एसिया कप–२०२३ मा भारतविरुद्ध ६ रन बनाएसँगै कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर बनेका हुन् । भारतविरुद्ध कुशल ३८ रनमा आउट भएका थिए ।
भारतविरुद्धको खेलअघि कुशलले ९९४ रन बनाएका थिए । कुशलले ४६ खेलमा एक हजार रन पूरा गरेका हुन् ।
कुशलअघि नेपालबाट आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।
रोहितले एक हजार ४६९ रन बनाउँदा आसिफले एक हजार १९२ रन बनाएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्