काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् ।
उनले पर्यटनमन्त्री किरातीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए ।
मन्त्रीले पर्यटनसम्बधी नीतिहरू समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताए ।
सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए ।