site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भोलिको क्याबिनेटले निजामती विधेयक अघि बढाउँछ :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोप सत्य नभएको बताएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

Argakhachi Cement Island Ad

“बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन,” उनले भने, “मन्त्रिपरिषद्‌मा विधेयक प्रस्तुत हुँदा म आफैँले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो यसको परिमार्जन गरेर लग्नुपर्छ भनेको दुई, तीन दिनपछि आन्दोलनको रूप देखिएको हो ।”

उनले संघीय निजामती ऐन भोलि बस्ने क्याबिनेटले अघि बढाउने बताए ।

“पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो । संभवतः भोलिको मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर सदनमा जान्छ,” उनले भने ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्