site stats
बाह्रखरी :: Baahrakhari
कला
‘डिग्री माइला’मा आँचलको प्रवेश 

 काठमाडौं । नायिका आँचल शर्मा चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार लिखित सम्झौता भएको छ ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्माण पक्षले आँचलबाहेक अन्य कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा निर्माण हुन लागेको चलचित्र हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए । 

नाटककै पात्र दयाहाङ नै चलचित्रको मुख्य भूमिकामा देखिने स्रोतको भनाइ छ । निर्माण पक्षले यसबारे औपचारिक जानकारी भने दिएको छैन । 

कमेडी जानरामा निर्माण हुने चलचित्रले शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशामा आधारित हुने बताएको छ । 

यो सिनेमा आगामी नयाँ वर्षको अवसरमा रिलिज हुँदै छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०५:४५
प्रतिक्रिया दिनुहोस्