site stats
बाह्रखरी :: Baahrakhari
कला
गीतकार खनालको ‘तिमीले रोजेको मान्छे...’ सार्वजनिक

काठमाडौं । गीतकार आनन्दराज खनालको नयाँ गीत ‘तिमीले रोजेको मान्छे...’ सार्वजनिक भएको छ । 

गीतमा आनन्दराज खनालको शब्दरचना भने दीपक शर्माको संगीत छ । सुशान्त गजुरेलले संगीत संयोजन गरेको गीतमा सविन सुवेदी र अनु चौधरीको स्वर रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कसैले रोजेको, खोजेको र चाहेको मान्छेको गुण कस्तो हुन्छ भन्ने कुरा नै गीतको भाव हो,” गीतकार खनालले भने । 

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा गीतकार, संगीतकार, संगीत संयोजक, गायक/गायिका सबै फिचर्ड छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्