site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

आवेग र आक्रोश व्यक्तिका मानवीय कमजोरी हुन् । परन्तु, अनुपयुक्त देश, काल, स्थान र परिस्थितिमा प्रकट भए भने तिनले भयावह क्षति पुर्‍याउन सक्छन् ।

धेरैले आवेग र आक्रोश नियन्त्रण गर्न सक्तैनन् तर समाज राज्यले भने व्यक्तिले आवेग वा आक्रोश प्रकट गरेको रूचाउँदैन । कतिपय अवस्थामा आवेग अपराध ठानिन पुग्छ ।

जिम्मेवारीसँगै व्यक्तिले वचन र व्यवहार पनि मर्यादित र अनुशासित हुने अपेक्षा पनि समाजले गरेको हुन्छ । विडम्बना, कतिपय सार्वजनिक पदमा पुगेका व्यक्ति यस अपेक्षामा चुकेका हुन्छन् ।

Dabur nepal
Agni Group

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि वचन र व्यवहारका कारण आलोचनाको पात्र बन्नेगरेका छन् । ‘सिंहदरबार’ आगो लगाउने अभिव्यक्तिबाट बालेन अहिले विवादमा परेका छन् ।

बिदाको दिन सरकारी गाडी चलाउन अनुमति लिनुपर्ने नियम पालन गराउने क्रममा शनिवार काठमाडौं महानगरपालिकाको गाडी प्रहरीले सोधपुछका लागि केही बेर रोकेछ । प्रतिक्रियामा सामाजिक सञ्जालमार्फत् महानगरपालिकाको गाडी फेरि रोकिएमा ‘सिंहदरबारमा आगो लगाउने’ धम्की दिए ।

 समाचारहरूअनुसार प्रहरीले रोकेर सोधपुछ गरेको गाडीमा बालेनकी नवप्रसूता पत्नी सवार थिइन् । नवप्रसूता पत्नीलाई रोकेर सोधपुछ गरिँदा रिस उठ्नु अस्वाभाविक होइन । बालेन पनि अपवाद बन्ने अपेक्षा गर्न मिल्दैन । 

परन्तु, जति रिस उठे पनि केन्द्रीय सरकारको सचिवालयमा आगो लगाउने धम्की दिनु दण्डनीय उद्दण्डता हो । त्यसमाथि महानगरपालिकाका प्रमुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट यस्तो अभिव्यक्तिको कसैले पनि अपेक्षा गर्दैन ।

काठमाडौं महानगरपालिका नेपाल सरकारको कानुन नलाग्ने स्वायत्त क्षेत्र होइन । महानगरपालिकाका गाडीहरूमा पनि सरकारी नम्बर प्लेट नै प्रयोग गरिएको छ । यसैले प्रहरीले सामान्य सोधपुछ गर्दा बालेनले व्यक्त गरेका आक्रोश पटक्कै उचित मान्न सकिँदैन ।

बालेनले आफूलाई ‘स्वायत्त क्षेत्रको निरङ्कुश’ शासक ठानेका हुन् वा उनका सल्लाहकारले त्यस्तो भ्रम पारिदिएका हुन् भने त्यो उनैका लागि प्रत्युत्पादक बन्न सक्छ । उनले बेलैमा आफ्नो सीमा र पदको महत्त्व बुझ्नु उचित हुनेछ ।

जनसाधारणले सिंहदरबारमा आगो लगाउँछु भनेको भए सरकारले ‘पहिले थुनेर पछि कुरा सुन्ने’ थियो होला । महानगरपालिकाका प्रमुख त यसै पनि ‘अरूभन्दा विशेष समान’ हुनाले कारबाही त पक्कै नहोला नि !  

‘सिंंहदरबारमा आगो’ लगाउन रोक्नका लागि पनि नेपाल सरकारले स्थानीय तहका लागि विशेष व्यवस्था गर्नु वाञ्छनीय देखियो । सरकारले काठमाडौ‌ महानगरपालिकाका प्रमुखलाई बोलाएर उनको आक्रोश साम्य पार्न संवाद गरोस् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu