site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका आठै जिल्लामा आज (आइतबार) विस्तारित बैठक बस्दै छ ।

पार्टी विस्तार तथा सुदृढिकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ । जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिरहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, सर्लाहीमा रामपृत पासवान र नीराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिलकुमार यादवलाई तोकिएको जसपाले जनाएको छ ।  

Global Ime bank

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू, प्रदेश समितिका नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका समितिका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरूलाई उपस्थित हुन भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement