site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीमा पौडेल र पोखरेल गुटको चर्चाले तरंग : ‘उहाँहरूको लड्ने मैदान अन्तै बनिसक्यो’

काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटको प्रतिस्पर्धाको चर्चाले तरंग पैदा गरेको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको अधिवेशनमा पार्टीका सचिवहरूले एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

लुम्बिनी अध्यक्षमा बहालवाला अध्यक्ष राधकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच प्रतिस्पर्धा हुने देखिएको छ । कँडेल पौडेल र रिजाल पोखरेलनिकट मानिन्छन् ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा सचिव पद्मा अर्यालले दुई नेताको भिडन्त भन्ने विषयको ठिक ढंगले जवाफ दिनुपर्ने बताइन् ।

“लुम्बिनी अधिवेशनमा शंकर पोखरेल र विष्णु पौडेलको भिडन्त हुँदै छ रे, आज बाहिर यस्तो खालको हल्ला चलिरहेको छ,” उनले भनिन्, “हामीले त्यो हल्लालाई ठिक ढंगले जवाफ दिनुपर्नेछ । बोल्नेको मुख थुनेर सकिँदैन । साथीहरू, उहाँहरूको लड्ने मैदान अन्तै बनिसक्यो । लुम्बिनीमा लड्नु पर्दैन ।”

उनले एमालेलाई कमजोर बनाउन चाहनेहरूले कुप्रचार गरेर रमाइरहेको आरोप लगाइन् । लुम्बिनीबाट पार्टी एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ ।

यस्तै, सचिव गोकर्ण विष्टले नेता–कार्यकर्तामा एकता हुन जरुरी रहेको बताए । उनले मिडियामा दुई नेताको नाम जोडेर पार्टीलाई कमजोर नबनाउन आग्रह पनि गरे ।

“हामीले मिडियामा पढ्यौँ, खासगरी दुईजना नेताहरू पार्टीका उपाध्यक्ष र महासचिवलाई नाम जोडेर नेकपा (एमाले)भित्र लुम्बिनीमा अत्यन्त विवाद छ, द्वन्द्व छ, प्रतिस्पर्धा छ भनेर मिडियामा पढ्यौँ । मलाई व्यक्तिगत हिसाबले जानकारी छैन,” उनले भने, “दुवै नेताले त्यो प्रकारले प्रचार गर्नुभएको छ भन्ने लाग्दैन । आज यो नाम, त्यो नाममा जोडेर पार्टीको एकतालाई कमजोर पार्ने कोसिस गर्‍यौँ भने यो देशप्रति, पार्टी, कार्यकर्ताप्रतिको बेइमानी हुनेछ ।”

जनताले संगठनात्मक र भावनात्मक एकता खोजेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro