site stats
बाह्रखरी :: Baahrakhari
देश
राहदानी बनाउन बिहानैदेखि सेवाग्राही आएपछि विभागले भन्यो– तोकिएको समयमा मात्र आउ

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले सेवाग्राहीलाई तोकिएको समयमा मात्र राहदानीसम्बन्धी सेवा लिन विभागमा आउन अनुरोध गरेको छ ।

समय जुनसुकै बेला तोकिए पनि सबै सेवाग्राही बिहानैदेखि आइदिँदा भीडभाड बढेपछि विभागले उक्त अनुरोध गरेको हो ।

Argakhachi Cement Island Ad

द्रुतसेवा अन्तर्गतको विद्युतीय राहादनी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन विभागले हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई राहदानीका लागि समय उपलब्ध गराउने ब्यवस्था गरेको छ ।

“तथापि, तोकिएको दिनको विभिन्न समयमा एपोन्टमेन्ट पाउनुभएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबेरै विभाग आएर लाइन लाग्ने गरेकोले बिहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको छ,” विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

भीडभाड कम गर्न विभागले सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्र आउन अनुरोध गरेको छ ।

“तसर्थ, विभागमा भीडभाडरहित सेवाप्रवाहका लागि आफ्नो आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आइदिनुहुन सबै सेवाग्राहीलाई हार्दिक अनुरोध छ,” विभागले भनेको छ ।

Radani-notice-1693567766.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्