site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेश जानैपर्छ भन्ने नेपालीहरूको मानसिकता परिर्वतन गर्न आवश्यक छ : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता विदेश जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए ।

नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए ।

उनले भने ,"अहिले जति पनि विद्यार्थीहरु बाहिर देशहरुमा पढ्न जानुभएको छ । त्यो राम्रो कलेजहरूमा जानुभएको छैन । उनीहरू एउटा भिसा सर्कलमा गएका छन् । न कलेज पूरा गर्नसक्छ । न ठूलो अवसर पाएको छ । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रावृत्ति नभइ जाने विषयमा राष्ट्रिय रूपमा छलफल गर्न आवश्यक छ ।"

पछिल्लो समय ठूलो संख्यामा युवाहरू आइटीमा लागे पनि करको दायरामा भने नआएको उनले बताए । नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे ।

नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro