site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकको ब्याजदर बढी भएरै हामी समस्यामा परेका हौँ : विरेन्द्रराज पाण्डे 

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले बैंकको ब्यादर नघटेसम्म व्यवसायमा विकास हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' विषयक बृहत् छलफल कार्यक्रममा पाण्डेले ब्याजदर घट्नुपर्ने बताएका हुन् । 

"उच्च ब्याजदर, नगद प्रवाहमा समस्या, उत्पादमा कमी, लगानीयोग्य योजना स्थगन, पुँजीगत खर्चमा भएको कमीलगागयतका कारणले व्यवसायीको मनोवल घट्दो अवस्थामा छ । यस्ता प्रमुख चुनौतीमा सामाना गर्दै माथि उकास्न निजी क्षेत्रको मनोवल बढाउनुपर्छ," उनले भने, "सरकारले गत वर्षको तुलनमा ४० प्रतिशत बढी राजस्व उठाउने भनेको छ । यसले ६ प्रतिशत अर्थतन्त्तको वृद्धि देखिँदैन । हामीले पुँजीगत खर्च बढाउने र खर्च गर्ने गर्नुपर्छ  ।" 

उनले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । गत वर्षको तुलनामा ११ प्रतिशत कम खर्च भएको बताउँदै उनले खर्च नभए अर्थतन्त्र संकुचन हुने बताए ।

पाण्डेले सबै राजदनीतिक दलले पहिलो प्राथमिकता आर्थिक विकासलाई राख्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro