देश
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित बीएन पोलिक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।
पोलिक्लिनिकका सञ्चालक बर्दियाको बारबर्दिया नगरपालिका–२ घर भएका ३२ वर्षीय सागर केसीसमेत सातजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८३५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १९:३१
प्रतिक्रिया दिनुहोस्