site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'भ्रष्टाचार काण्डमा निर्णयकर्ता छाडेर व्यवसायीलाई कारबाही गर्दा राज्यप्रतिको विश्वास गुम्यो'

काठमाडौं । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले राज्यप्रतिको विश्वास एवं भरोसा गुम्दै गएको बताएका छन् ।

बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले राज्यप्रतिको विश्वास एवं भरोसा गुम्दै गएको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

सरकारले पछिल्लो समय भ्रष्टचारमा काण्डमा निजी क्षेत्रका व्यक्तिलाई कारबाही गरेर निर्णय गर्ने व्यक्तिलाई बचाउने जस्ता कारणले राज्यप्रति भरोसा गुम्दै गएको बताए ।

प्याकुरेलले सरकारले निजी क्षेत्रमैत्री कानुन नबनाउँदा समस्या निम्तिएको बताए । व्यवसाय गर्दा अपराधीलाई जस्तो व्यवहार भएको प्याकुरेलले बताए ।

"उद्योगीलाई जेल हाले सरकारले के गर्न खोजेको ? यस्ता नीति नियमले देशमा औद्योगिक क्षेत्र कसरी विकास हुन्छ ?," उनले भने, "हाम्रा कानुन फेर्नु पर्छ । व्यवसायीमैत्री बनाउनु पर्छ । अहिले व्यवसायीलाई जेल हाल्ने काम भएको छ । यो राम्रो हैन । बाहिर सन्देश राम्रो जाँदैन ।"

देशमा काम गर्ने वातावरण नभएको पनि उनले बताए । "काम गर्ने र हामी अफिसमा बसेर काम गर्नु पर्ने मान्छे हो । सरकारलाई ट्याक्स तिर्छौं, तर दबाबमा रहन सक्दैनौं । सिस्टममा काम गर्ने व्यवस्था हुनु पर्छ । दुःख मात्र दिएर हुँदैन," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro