site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिमा संस्थानले साढे एक अर्बको आईपीओ निष्कासन गर्ने
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरू पुँजी वृद्धितर्फ लागेका छन् । कतिपय कम्पनीले मर्जरमा गएर तोकिएको पुँजी कायम गरेका छन् । कतिपयले मर्जरमा गएर पनि चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् ।

प्राधिकरणले आठवटा बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी कायम गर्न हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय पनि गरिसकेको छ । तर, कतिपय बिमा कम्पनीले चुक्ता पुँजी कायम गर्न ठूलो मात्रामा पुँजी जुटाउनुपर्ने अवस्था छ

यस्तै, एउटा कम्पनी हो, राष्ट्रिय बिमा संस्थान । हाल संस्थाको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ । जीवन बिमा कम्पनीहरूलाई प्राधिकरणले पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको चुक्ता पुँजी कायम गर्न अब यो संस्थानलाई तीन अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने हुन्छ । संस्थानले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर एक अर्ब ५० करोड रुपैयाँ जुटाउने भएको छ । 

Agni Group

संस्थापक सेयरधनीले भने बाँकी तीन अर्ब ५० करोड रुपैयाँ जुटाउनुपर्ने छ । यो पुँजीमध्ये १८ करोड १० लाख २० हजार रुपैयाँ पहिले नै संस्थापकबाट चुक्ता भइसकेको छ । अब बाँकी तीन अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ संस्थापकतर्फबाट कायम गर्नुपर्ने छ । 

संस्थापक सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंक रहेका छन् । कुल पुँजीको सबैभन्दा बढी सेयर नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत पुँजी रहेको छ । 

Global Ime bank

हालको सेयर स्वाप रेसियो अनुसार प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न नेपाल राष्ट्र बैंकको भागमा एक अर्ब ९४ करोड ४६ लाख रुपैयाँ परेको छ । त्यस्तै, अर्थ मन्त्रालयको भागमा ९७ करोड १९ लाख ५० हजार र नेपाल बैंकको भागमा ५८ करोड ३४ लाख ५० हजार रुपैयाँ परेको छ । 

अब अर्थ मन्त्रालयले संस्थापकको तर्फबाट पुँजी पुर्‍याउन ९२ कराड १६ लाख ६६ हजार रुपैयाँ थप गर्नुपर्ने छ । त्यस्तै, नेपाल बैंकले ५५ करोड ३२ लाख ८० हजार रुपैयाँ चुक्ता गर्नुपर्ने छ । 

राष्ट्र बैंकको भागमा परेको थप पुँजी एक अर्ब ८४ करोड ४० लाख रुपैयाँ चुक्ता गरिसकेको छ । संस्थानका प्रबन्धक तथा सूचना अधिकारी भोलानाथ घिमिरेले बताए । घिमिरेका अनुसार राष्ट्र बैंकले आफूले चुक्ता गर्नुपर्ने सबै रकम चुक्ता गरिसकेको छ ।

“हामी प्राधिकरणले गरेको व्यवस्थालाई कार्यन्वयन गर्न लागिरहेका छौँ । संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न विशेष साधारण सभा डाकेको पनि छ,” उनले भने, “कम्पनीमा परिणत भएपछि हामी सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने छौँ । संस्थापकतर्फको पुँजी पनि हाल्ने क्रम जारी छ । राष्ट्र बैंकले आफ्नो भागको पुँजी चुक्ता गरिसकेको छ ।” 

संस्थानले भदौ १५ गतेका लागि विशेष साधारण सभा डाकेको छ । संस्थानलाई पब्लिक लिमिटेडमा परिणत गर्न प्रबन्धपत्र र नियमावली स्वीकृत गर्ने पनि साधारण सभाको विशेष प्रस्ताव रहने छ । सभाले प्रस्ताव पारित गरेपछि पुँजी पुर्‍याउने प्रक्रियामा जाने घिमिरे बताउँछन् । 

आईपीओ निष्कासनपछि संस्थानको सर्वसाधारणतर्फ ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत सेयर स्वामित्व रहने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu