
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति शमशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्यभूमिलाई दुषित गरेको बताए । उनले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरे पनि पुण्यभूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे ।
नेपालमा अपार जलस्रोतको सम्भावना रहेको, अलैँची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको उनले बताए । हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने उनले बताए ।
“यहाँको अलैँची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको छ । के छैन नेपालमा ? त्यसैले यो मुलुकलाई कसैले दुषित गर्न सक्दैन,” उनले भने, “तर, हामी हिन्दु, बुद्ध, जैन सम्पूर्ण थरका मान्छे जम्मा हुनुपर्छ । बुद्ध, किराँत सम्पूर्ण एक ठाउँमा आउनुपर्छ ।”