site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू सदनमा पेस गर्नुहुन्न : सोविता गौतम
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसद्मा पेस गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

सरकारले ८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसद्मा पेस गरिएको भन्दै आलोचना गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराए । उनले सरकारलाई विधेयकहरु आफूले पढेर मात्रै संसद्मा पेस गर्न पनि सचेत गराए ।

“यसरी प्रस्तुत नगरौँ है भनेर पटकपटक अनौपचारिक छलफलहरु पनि ग¥यौँ । तर त्यसको बाबजुत पनि आज यो यसरी प्रस्तुत भएको छ,” उनले भनिन्, “विचार गरियोस् भनिएको छ । जसमा कसैले ७९ भन्नुभएको छ । कसैले ८० भन्नुभएको छ । वास्तवमा यसलाई हामीले तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित गरिएको छ । ८१ वटा ऐनहरु कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने हामीलाई थाहा छैन । विभिन्न मन्त्रीजीहरुले मन्त्रालयअनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ ।”

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्