site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितानिवास जग्गा प्रकरण : अभियुक्तको बयान लिने कार्य जारी
फाइल तस्बिर ।

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका अभियुक्तहरूसित बयान लिने कार्य मंंगलबार पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले बयान लिँदै छन् ।

अहिले मीनबहादुर गुरुङ, बाकृष्ण श्रेष्ठ र कलाधर देउजाको बयान लिइँदै छ । पहिलो दिन सोमबार अभियुक्तमध्येका शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान लिइएको थियो ।

Dabur Nepal
NIC Asia

गएको आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको हो ।

सीआईबीले संगठित अपराध र किर्तेमा मुद्दा चलाउन राय दिएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको हो ।

सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो ।

जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।

१८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्युरोको अनुसन्धानले देखाएको छ । चार पूर्वमन्त्री, बहालवाला सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलगायत व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro