site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘९६औं अस्कर अवार्ड’का लागि नेपाली चलचित्रको आवेदन माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि आवेदन माग गरेको छ । 

समितिले विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गर्नेछ । उक्त अवार्ड प्रतियोगितामा सहभागी हुन चाहने नेपाली चलचित्र निर्देशक र निर्माताहरूले भदौ २९ गतेभित्र समितिको सचिवालयमा चलचित्र दर्ता गराउनु पर्नेछ । 

सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र ०७९ असोज १५ गतेभन्दा पछि तथा ०८० असोज १४ गतेभन्दा अगाडि नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ । 

Royal Enfield Island Ad

दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, ओटीटीमा रिलिज भएको भए त्यसको प्रमाण, ३५ एम.एम. वा ७० एम.एम.को भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा हुनुपर्नेछ । २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकारका साथै सबै प्राविधिकको नामावली, अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश समावेश हुनुपर्नेछ । 

चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

press_release_INVITATION_OSCAR AWARD 96th (1)1693289674.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro