site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धर्मसंस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई कुनै हालतमा छुट दिइँदैन : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफमा उनले अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता भएको बताए ।

उनले सामाजिक एकता, सद्भाव र  समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको उल्लेख गरे ।

“सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ,” उनले भने, “सामाजिक सद्भावमा खलल पार्ने र एकार्काको धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन ।”

प्रधानमन्त्रीले पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगर्ने बताए । “मैले पहिचान या अरू कुनै कुरा गर्दा कसैको पहिचान, आस्थामाथि कुनै विभेद नगर्ने कुरा स्पष्ट गर्न चाहन्छु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro