खेल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको छ ।
फिफाकी महासचिव फात्मा समौराले सोमबार एक विज्ञप्ति जारी गर्दै फिफाले अगस्ट २७ मा तत्कालै लागु हुने गरी श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको बताएकी छन् ।
गुटबन्दी र संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफाले गएको जनवरी २१ मा श्रीलंकन फुटबल फेडेरेसनलाई निलम्बित गरेको थियो । तर, दुई हप्ताअघि भएको छलफलपछि फुटबलको विकासका लागि सबै गुट साझा उद्देश्यसाथ अघि बढ्ने सहमति बनेको थियो ।
निलम्बन फुकुवा गरे पनि सेप्टेम्बर २९ मा हुने तय भएको श्रीलंकन फुटबल फेडेरेसनको निर्वाचनलाई फिफाले नजिकबाट अनुगमन गर्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ०९:१७
प्रतिक्रिया दिनुहोस्