site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ

पोखरा । पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार पोखरा उद्योग वाणिज्य संघमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चीनको ऋण सहयोगमा बनेको विमानस्थललाई नै प्राथमिकता दिएर नियमित उडान गराउनुपर्ने तर्फ पहल गर्नुपर्ने बताएका हुन् ।

विमानस्थल सञ्चालनमा आएको आठ महिना बितिसक्दासमेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चीनबाट नै गत असार ६ गते सिचुवान एयरलाइन्सको विमानले चार्टड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पोखरामा सोही महिनाको ९ र १० गते भएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनेहरुलाई लिएर आएको सिचुवानको उडान नै हालसम्मको एकमात्र अन्तर्राष्ट्रिय उडान हो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि गरेको भारत भ्रमणमा एयर रुटको विषयमा निष्कर्षमा पुग्ने गरी छलफल नभएको भन्दै पोखराका व्यवसायीहरु निराश थिए । अहिले व्यवसायीले प्रधानमन्त्रीले चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो एजेण्डामा राख्नुपर्ने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

पोखरा उद्योग वाणिज्य संघको समन्वयमा प्रधानमन्त्रीको भारत भ्रमणमा पोखराका एजेन्डा समावेश गर्नुपर्ने भन्दै सोमबार अन्तरक्रिया आयोजना गरिएको थियो । कार्यक्रमका सहभागी व्यवसायीहरुले विमानस्थल सञ्चालन पहिलो एजेन्डा हुनुपर्ने बताएका थिए ।

PCCI11693234623.jpg

प्रधानमन्त्री प्रचण्ड असोज ४ गतेदेखि चीन भ्रमणमा जाँदै छन् । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी सेप्टेम्बर १६ मा अमेरिका प्रस्थान गर्दै छन् । न्युयोर्कबाट चीन जाने उनको भ्रमण तालिका छ ।

चीन भ्रमणका बेला पोखरा विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए । उनले भने, “विमानस्थल सञ्चालनको विषय प्रधानमन्त्रीले एजेण्डा बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।  विमानस्थलको ऋण तिर्न मात्र होइन, हाम्रो पर्यटन बजार जोगाउन पनि पोखरा–चीन सिधा उडान आवश्यक छ ।”

दुई हजार ५०० मिटरको धावनमार्ग बढाएर तीन हजार मिटर बनाउनको लागि पनि चीनकै सहयोग माग्नुपर्ने उनले बताए । चीन भ्रमणका बेला प्रधानमन्त्रीले पोखरा विमानस्थल सञ्चालनको एजेन्डालाई प्राथमिकता दिनुपर्ने उनको माग छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको हो । विमानस्थल बनाउँदा लागेको ऋण तिर्न सरकारले वार्षिक झण्डै एक अर्ब रुपैयाँ किस्ता तिर्नुपर्ने मुल्मीले बताए । ऋण सम्झौताअनुसार २६ किस्तामा ऋण तिरिसक्नु पर्नेछ ।

चिनियाँ पर्यटक र लगानीकर्ता पोखरामा आकर्षित गर्न पनि विमानस्थल सञ्चालन गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराईले बताए । सरकारले विमानस्थल सञ्चालनमा ल्याउने र नेपालमा २०–२५ लाख पर्यटक ल्याउने उद्घोष गर्दा व्यवसायीले थपेको लगानी अहिले जोखिममा पुगेको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले नै पहल नगरेकोे बताए । उनले भने, “सरकारले चाह्यो भने नेपाल एयरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्छ । सरकारले नै विमानस्थल चलाउन पहल गरेको देखिएन ।”

विमानस्थल सञ्चालनसँगै चिनिया पर्यटकलाई आकर्षण गर्न सरकारले भिसा फ्रि दिनुपर्ने पनि व्यवसायीको माग छ । कोभिडपछि विश्वका विभिन्न देशले पर्यटक तान्न यस्ता ‘अफर’ दिएको भन्दै उनीहरुले नेपाल सरकारले पनि आउँदो सिजनमा पर्यटक आकर्षण गर्ने प्याकेज घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको बताए । विमानस्थल सञ्चालन गर्न सरकार उदासिन रहेको उनको भनाइ छ ।

विमानस्थल सञ्चालनसँगै नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालन, पोखरामा चिनियाँ लगानी, प्रविधि हस्तान्तरणलगायतका विषय छनोट गरेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने व्यवसायीको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro