site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रक्तस्राव रोक्न मिर्गौला झिकियो, लापरबाहीले मृत्यु होइन : अस्पताल

काठमाडौं । पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पताल यतिखेर तनावग्रस्त बनेको छ । घटना गएको शनिबार रातिको हो ।

अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ ‘दुर्घटनावश’ बिरामीको मृत्यु भएको जिकिर गरेको छ ।

दुईपक्षीय सहमतिका लागि अस्पतालमा छलफल जारी छ । मृतकका आफन्तका तर्फबाट ६ र अस्पतालका तर्फबाट तीनजनाको टोलीबीच छलफल भइरहेको छ ।

यस्तो थियो घटना
दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीलाई शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार दिउँसो नै उनको पीसीएनएल (ढाडमा सानो प्वाल पारी टेलिस्कोपको माध्यमबाट मिर्गौलाको पत्थरी झिक्ने पद्धति)बाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएकोे थियो । तर, साँझ ७ बजे चौधरी बेहोस भएको र निरन्तर रक्तस्राव भएको मृतकका आफन्तले बताएका छन् । मिर्गौलाको नशा काटिएर रक्तस्राव भइ पेट फुलेको आफन्तको भनाइ छ ।

रक्तस्राव नरोकिएपछि चिकित्सकले बायाँ मिर्गौला शल्यक्रिया गरी झिकेका थिए । त्यसपछि अवस्था जटिल भएका चौधरीको राति नै मृत्यु भएको थियो ।

अस्पतालका अध्यक्ष महेश जोशीले लापरबाहीका कारण नभइ दुर्घटनावश बिरामीको मृत्यु भएको जिकिर गरे । “अत्यधिक रक्तस्राव भएपछि मिर्गौला निकाल्नुको विकल्प हुँदैन । अस्पतालको लापरबाहीले होइन, उहाँको उपचारकै क्रममा मृत्यु भएको हो,” जोशीले बाह्रखरीसँग भने, “त्यही पनि हामीले समिति बनाएरै घटनाको छानबिन गरिरहेका छौँ ।”

चौधरीको दायाँ मिर्गौला भने ठिक अवस्थामा रहेको जोशीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro