site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास प्रकरणबारे सीआईबीको अनुसन्धानमाथि उठ्यो प्रश्न

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध ‘सरकारी छाप किर्ते कसूर’मा मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार संगठित अपराध र किर्ते कसूरमा उनीहरुमाथि मुद्दा दायर निम्ति अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालय काठमाडौंले संगठित अपराधमा मुद्दा चलाउन प्रमाण अपुग जिकिरसहित सरकारी किर्तेमा मात्रै मुद्दा दायर गरेको छ ।

यो सँगै सीआईबीले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानमाथि नै प्रश्न उठेको छ । राजनीतिक दबाबका कारण संगठित अपराधमा मुद्दा नचलाएको हो वा सीआईबीले कानुन नबुझेको हो ? प्रश्न उब्जिएको छ ।

संगठित अपराधमा अनुसन्धानका निम्ति ६० दिन थुनामा राख्न सकिन्छ भने किर्तेमा २५ दिनमात्र हिरासतमा लिन सकिन्छ । एकजना पूर्वन्यायाधिवक्ताले भने प्रहरीले गैरकानुनी रुपमा आरोपीहरुलाई थुनामा राखेको बताए । 

“२५ दिनमा बुझाउनुपर्ने मुद्दा प्रहरीले ६० दिन लगायो । यो त्यसै पनि गैर कानुनी भयो,” ती न्यायाधिवक्ताले भने ।

सरकारी वकिल कार्यालयले आरोपीबाट १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । सीआईबीले २०८० असार १२ यता ललिता निवास प्रकरणमा जोडिएका आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । 

पक्राउ परेकामाथि सीआईबीले संगठित अपराध र किर्तेमा अनुसन्धान गरेको थियो ।  पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २० जना आरोपीलाई सीआईबीले ५७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 

उनीहरु अहिले पनि अनुसन्धानमै छन् । किर्तेमा शाहको कहीँ कतै हस्ताक्षर नदेखिएको भन्दै उनलाई वकिल कार्यालयले प्रतिवादी बनाउन अस्वीकार गरेको हो । सीआईबीले भने शाहले श्रीमती उर्मिला शाहको नाममा ललिता निवासको ११ आना २ पैसा जग्गा लिएको उल्लेख उनलाई प्रतिवादी बनाउन सिफारिश गरेको थियो ।

त्यसबाहेक सीआईबीले प्रतिवादीमा सिफारिश नगरेको सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ । उसो त, पुस २०७८ मा समेत सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान किर्ते मुद्दामा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुझाएको थियो । 

त्यो बेलासमेत सरकारी वकिल कार्यालयले अनुसन्धान अपुरो भन्दै फाइल सीआईबीलाई नै फिर्ता गरेको थियो । ललिता निवास प्रकरणबारे सीआईबीले गरेको दोस्रो चरणको अनुसन्धानमा संगठित अपराधमा प्रमाण नपुगेपछि सरकारी लिखत किर्तेमा दर्ता नगरिएको सरकारी वकिल कार्यालयका प्रवक्ता महेश खत्रीको भनाई छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यले भने मुद्दाको अभियोजनको काम सरकारी वकिल कार्यालयको भएका कारण यसबारे आफ्नो कुनै टिप्पणी नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro