site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फ्लोरिडामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका गोरा व्यक्तिले जातीय उत्प्रेरित आक्रमणमा तीन काला जातीका व्यक्तिहरूलाई गोली हानेका हुन् ।

Dabur Nepal
NIC Asia

ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार २० वर्षको रहेको तर अहिलेसम्म नाम नखुलेको व्यक्तिले आक्रमण शैलीको राइफल र ह्यान्डगन लिएर डलर जनरल आउटलेटमा प्रवेश गरेका थिए ।

उनले तीन काला ग्राहक दुई पुरुष र एक महिलालाई गोली हानेर मारेको बताइएको छ । गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो । प्रहरीसँगको झडपपछि उनले आफैँलाई समेत गोली हाने ।

ज्याक्सनभिल शेरिफ टीके वाटर्सले शनिबार एक पत्रकार सम्मेलनमा भने, "यो गोलीबारी जातीय उत्प्रेरित थियो र उसले काला मानिसहरूलाई घृणा गर्‍यो ।"

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro