site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धरानमा भइरहेका गतिविधिप्रति सरकार गम्भीर : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने र एकार्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको उनले उल्लेख गरेका छन् ।

शनिबार एक अपिल जारी गर्दै उनले सुनसरीको धरानमा विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादका माध्यमबाट समाधान गर्न सकिनेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । त्यसका लागि अग्रसर हुन उनले स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था, बौद्धिक समुदायलगायत व्यक्तिमा अपिल गरेका छन् ।

Dabur Nepal
NIC Asia

“...केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,” उनले भनेका छन्, “तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।”

एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिनेमा उनले जोड दिएका छन् । “त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरा समेत म स्पष्ट गर्दछु,” प्रधानमन्त्री प्रचण्डले अपिलमा उल्लेख गरेका छन् ।

विभिन्न वर्ण, लिंग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा नेपाली रहेको तथ्य भुल्न नहुने उनले बताएका छन् । नेपालको राष्ट्रिय हित नै सबैका लागि सर्वोपरि रहनुपर्नेमा उनले जोड दिएका छन् ।

“सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । विमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्‍याउन समेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्त्वपूर्ण रहन्छ,” उनले भनेका छन्, “कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सूत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ ।”

एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति पहल लिन प्रधानमन्त्री प्रचण्डले धरानवासीसहित सम्पूर्ण नेपालीमा अपिल गरेका छन् ।

शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि केही दिनयता धरानमा भएको धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् ।

af1693065395.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro