site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको बताएका छन् । कसैको धर्म, संस्कृतिप्रति कसैले दक्खल पुर्‍याउन उचित नहुनेमा उनले जोड दिएका छन् ।

शनिबार सार्वजनिक अपिल जारी गर्दै उनले केही दिनयता सुनसरीको धरानमा भएको धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

“...नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै, कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दक्खल पुर्‍याउन पनि उचित हुँदैन,” धरानको घटनाका सम्बन्धमा पार्टीको अपिलमा उनले भनेका छन् ।

त्यस किसिमका गतिविधिले राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य–अदृश्य शक्तिलाई सहयोग पुग्ने उनको भनाइ छ । “...यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,” उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले सबै जाति, धर्म र सम्प्रदायबीचको आपसी एकता एवं सद्भाव कायम राख्ने कार्यमा जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

ekfg1693053129.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro