site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चामे क्षेत्रमा आवतजावत रोकियो
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम वरपरका घट्टे खोला बढेपछि आवतजावत रोकिएको छ । घट्टे खोला माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुललाई पानीको सतहले छोएपछि आवतजावत रोकिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएपछि सतर्कता अपनाउनका लागि आवतजावत रोकिएको जानकारी दिइन् । उनले भनिन्, “पानीको सतहले काठेपुललाई छोइसकेको अवस्था छ । बाढीको जोखिम रहेकाले तत्कालका लागि सवारीसाधन तथा यात्रुलाई आवतजावत गर्न दिइएको छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

चामेका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताइन् ।  चामे वरपरका ठाडो घट्टेखोला एक्कासि बढ्दा स्थानीय त्रसित भएका छन् ।

प्रजिअ ढुङ्गेलले भनिन्, “वर्षा कम भए पनि कुनै स्थानमा पहिरो खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको जस्तो छ । जीर्ण अवस्थामा रहेका काठे पुल पनि जोखिममा परेपछि सचेतता अपनाउन आग्रह गरिएको छ ।”

Global Ime bank

स्थानीय लक्ष्मी गुरुङका अनुसार चामे क्षेत्रका ठाडो घट्टे खोलाको पानीको सतह बढेर आउँदा त्रसित बनाएको छ । “पहिलेको जस्तै हुने हो कि भन्ने डर लागेको छ । रातभरमा बढ्छ भनेर डराएका छन्,” उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा आएको बाढीको जोखिम बढेपछि प्रहरी खटाएर नै काठेपुलबाट आवतजावत रोकिएको बताए । “कुनै पनि घटना हुनबाट जोगाउन प्रहरी खटाएर सवारीसाधन, मानिसलाई आवतजावत गर्न दिइएको छैन,” उनले भने ।

बाढीले घट्टे खोला बढेर आएपछि काठे पुलमा क्षति पुगेको छ । पुलमा क्षति भएपछि सवारीसाधन तथा मानिसलाई आवतजावत गर्न सकिने अवस्था छैन । विसं २०६८ असार १ मा पनि चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय