site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पिस कोर स्वयंसेवकको २०८औँ समूहले लियो शपथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पिस कोरका २१ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर–नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् । यससँगै यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा काम गरिसकेका झन्डै चारहजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन् ।

कोभिड–१९ महामारीपछि नेपाल आएको यो पहिलो समूह हो । नेपाली र अमेरिकी सरकारबीच ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको दिनको वर्षगाँठ पनि आजै परेको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

"आफू नै पिस कोरका एक संस्थापक कर्मचारीका छोरा एवं एक पूर्व–स्वयंसेवकका पिताका रूपमा मलाई पिस कोरको महत्त्वका साथै स्वयंसेवक र उनीहरूले सेवा गर्ने समुदाय दुवैका जीवन परिवर्तन गर्ने सक्ने यसको क्षमताबारे प्रत्यक्ष रूपमा थाहा छ । नेपालमा मलाई अनगिन्ती मानिसहरूले पिस कोरसम्बद्ध आफ्नो कथा सुनाएका छन्– आफ्ना जीवन वा समुदायमा सकारात्मक परिवर्तन ल्याएका स्वयंसेवकबारे । र, सन् १९६२ यता झन्डै ४ हजार स्वयंसेवकहरूले नेपालका विद्यालयमा पढाएर वा कृषिमा काम गरेर सेवा गरिसकेका कारण नेपालीहरूसँग सुनाउन धेरै कथा छन् । स्वयंसेवकहरू नेपालमा पुनः आउनु अत्यन्त राम्रो कुरा हो । मैले नवआगन्तुक स्वयंसेवकहरूसँग हालसालै भेट गरेको छु र उनीहरू देशभरका समुदायमा जाँदै गर्दा उनीहरूले कोर्ने कथा सुन्न म उत्सुक रहेको छु,” राजदूत थम्पसनले भने । 

unnamed (1)1692880555.jpg

Global Ime bank

गत जेठ महिनामा नेपाल आइपुगेका यी २१ पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय