site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेको छुट र सेवा दिन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेबमोजिमको छुट र सेवा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले सबै विभाग र केन्द्रीय अस्पतालहरूलाई परिपत्र गर्दै ‘ज्येष्ठ नागरिक ऐन २०६३’ मा तोकिएबमोजिमको छुट र अन्य सेवा दिन भनेको छ ।

सो ऐनको दफा ९ मा स्वास्थ्य सेवा प्रदयाक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सेवा दिनु पर्ने तथा सरकारले तोकेको संस्थाले उनीहरुको उपचारमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था उल्लेख छ ।

कुन उमेरका नागरिकलाई कति छुट ?
हाल सरकारले ६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकका लागि जेरियाट्रिक वार्डमार्फत् छुट तथा अन्य सेवा दिँदै आएको छ । ती अस्पतालमा ६० वर्षमाथिका नागरिकले उमेरअनुसारको छुट पाउनेछन् ।

‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन’ अनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट हुनेछ ।

त्यस्तै, ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत छुट पाउने छन् ।

त्यसैगरी सरकारले ७० देखि ७९ वर्षसम्मका नागरिकका लागि सोभन्दा कम उमेरकाहरूको भन्दा थप सुविधाको व्यवस्था गरेको छ ।

८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरू निःशुल्क हुने व्यवस्था छ । तर, अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागु नहुने मार्गदर्शनमा उल्लेख छ ।

यी हुन् जेरियाट्रिक वार्ड रहेका अस्पतालहरू

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro